चौथो टेस्टमा अस्टे«लियाको औसत खेल



LONDON, ENGLAND – JUNE 29: Zak Crawley of England leaves after being stumped by Alex Carey of Australia of the bowling of Nathan Lyon during Day Two of the LV= Insurance Ashes 2nd Test match between England and Australia at Lord’s Cricket Ground on June 29, 2023 in London, England. (Photo by Gareth Copley/Getty Images)

लन्डन, (एजेन्सी) । एशेजअन्तर्गत चौथो टेस्टमा अस्टे«लियाले औसत प्रदर्शन गरेको छ । अस्टे«लियाले पहिलो इनिङमा ३ सय १७ रनको योगफल बनाएको थियो । इंग्ल्यान्डविरुद्धको एशेज टेस्टमा अस्टे«लिया २–१ को अग्रतामा रहेको छ । तर, पहिलो इनिङमा कमजोर प्रदर्शन गरेपछि घरेलु टोली इंग्ल्यान्डको लागि सिरिजमा फर्कने संभावना बलियो भएको छ ।

अस्टे«लियाको लागि दुई ब्याटरले अर्धशतक बनाउनु बाहेक अन्यले खासै खेल्न सकेनन् । मार्नस लाबुसचाग्ने र मिचेल मार्शले समान ५१ रन योगदान दिएका थिए । यस्तै ट्राभिस हेडले ४८ रन बनाए भने स्टिभ स्मिथले ४१ रन जोडेका थिए । यसैगरी मिचेल स्टार्कले नटआउट हुँदै ३६ रन जोड्नु नै टोलीको ३ सय रन कटेको थियो ।

ओपनर डेभिड वार्नर र उस्मान ख्वाजाको प्रारम्भिक साझेदारी नै राम्रो भएको थिएन । १५ रन हुँदा ख्वाजा ३ रन बनाएर आउट भए । यसपछि वार्नर ३८ बलमा ३२ रन जोडेर पभेलियन फर्केपछि नै अस्टे«लियाको ब्याटिङ खराब हुन पुगेको थियो । इंग्लिस बलर वोक्सले सर्वाधिक ५ विकेट लिएका थिए ।

ब्रोडको ६ सय विकेट

ओल्ड ट्राफोर्डमा भएको टेस्टमा इंग्ल्यान्डका बलर स्टुआर्ट ब्रोडले उनको करियरमा ६ सय विकेट लिन सफल भए । उनले ट्राभिस हेडलाई आउट गरेर उक्त उपलब्धि हासिल गरेका थिए । टेस्ट क्रिकेटमा ६ सय विकेट लिने उनी पाँचौ बलर हुन् र उनी सर्वाधिक विकेट लिने सूचीमा पाँचौ स्थानमै छन् । यसैगरी इंग्ल्यान्डका स्पिनर मोईन अलीले उनको करियरमा २ सयौं टेस्ट विकेट लिएका छन् ।

टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने बलरमा श्रीलंकाका मुथैया मुरलीधरण रहेका छन् । उनले ८ सय विकेट लिएका छन् । दोस्रो स्थानमा अस्टे«लियाका दिवंगत बलर शेन वार्न थिए । उनले ७ सय ८ विकेट लिएका थिए । यसैगरी तेस्रो स्थानमा इंग्ल्यान्डका बलर जेम्स एन्डरसन छन् । उनले ६ सय ८८ विकेट लिएका छन् । भारतका अनिल कुम्बले ६ सय १९ विकेट लिएर चौथो स्थानमा छन् ।

क्राउलीको शतक

इंग्ल्यान्डको जवाफी ब्याटिङमा ओपनर ज्याक क्राउलीले शानदार शतक प्रहार गरेका छन् । यो समाचार तयार गरुन्जेल क्राउली १ सय ३२ रनमा नटआउट रहेका छन् । टोलीको स्कोर २ विकेटको क्षतिमा २ सय ३९ रन बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्