सावित्रा अगस्टमा इजरायल जाने



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीलाई बुधबार बिदाइ गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रममा सावित्रमलाई बिदाइ गरियो । इजरायलको हापोएल रानानामा अनुबन्धित भएअनुसार त्यसैको सिलसिलामा उनी अगस्टको पहिलो साता इजरायल जाने भएकी हुन् ।

बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदुत हानन गोदारले इजरायली क्लवमा नेपाली खेलाडी भित्रयाउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिए । उनले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

यस्तै सावित्राले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताइन् । उनले युरोपेली लिगमा खेल्नु चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् । दक्षिण एशियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्