विश्व चेसमा लीको अग्रता



बेइजिंग, (एजेन्सी) । चीनको शंघाई शहरमा सञ्चालन भइरहेको विश्व महिला चेस च्याम्पियनसिपको ६ खेल समाप्त हुँदा चीनकी ली टीङ्गजेले अग्रता लिएकी छन् ।

लीले वर्तमान विश्व च्याम्पियन चीनकी जू वेङ्जुनमाथि एक अंकले अग्रता बनाएकी हुन् । लीको ६ खेलमा ३.५ र जूको २ं.५ अंक रहेको छ । जारी विश्व चेस च्याम्पियनसिपमा यी दुवै खेलाडीहरुबीच भएको पहिलो चार खेल बराबरीमा टुंगिएको थियो ।

त्यसपछि भएको पाँचौ खेलमा लीले विजय हासिल गर्दै जूमाथि एक अंकले अग्रता लिन सफल भएपनि छैठौं खेल भने बराबरीमा टुंगिएको थियो । महिला विश्व चेस च्याम्पियनसिप चीनका दुई ठूला शहरमा आयोजना भईरहेको छ । पहिलो ६ खेल शंघाई भएको थियो भने अव बाँकी रहेका ६ खेल चोङ्गकिङ्गमा हुनेछ । यो विश्व च्याम्पियनसिपमा १२ खेल खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्