कविता महोत्सवमा आर्जन पहिलो



 काठमाडौँ । 

विद्या विकास ईङलिस माविका आर्जन दाहाल प्याब्सन प्रथम कविता महोत्सवमा प्रथम भएका छन् । २१० औं भानु जयन्तीको अवसरमा जिल्ला प्याब्सन काठमाडौँ साहित्य विभागले शुक्रबार आयोजना गरेको उक्त महोत्सवमा आर्जन पहिलो भएका हुन् । यस्तै नेक्सस इन्टरनेशनल एकेडेमीका प्रासिका कार्की दोस्रो र रेडियन्ट पब्लिक वोडिङ स्कुलका समृद्धि पराजुली तेस्रो भए ।

अंक भारका आधारमा स्नेहा पौडेल, स्वस्तिक ढकाल, सिम्रिका उप्रेती, शाव्दिका सापकोटा , खुसी अधिकारी, उपासना लामिछाने, दीक्षा लामा, श्रोता आचार्य उत्कृष्ट १० भित्र परि नगद पुरस्कार प्राप्त गरे । महोत्सवमा प्रथम  द्वितीय र तृतीय हुने बालकविहरूलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै  चौथो र पाँचौँ हुनेलाई प्रतिव्यक्ती  रु. ४ हजार र  सान्त्वना पुरस्कार स्वरुप प्रतिव्यक्ति रु. ३ हजार प्रदान गरिएको थियो ।

नेपाल पर्यटन बोर्डमा भृकुटीमण्डप काठमाडौँमा भव्य रुपमा सम्पन्न भयो । ५० विद्यालयहरूका ५० बालकविहरू सहभागिता रहेको उक्त महोत्सवमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राई हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा केन्द्रीय प्याब्सनका अध्यक्ष डि. के. ढुङ्गाना हुनुहुन्थ्यो । उक्त महोत्सवमा निर्णायक मण्डलमा प्रसिद्ध कवि एवम प्राज्ञ श्रवण मुकारुङ,व रिष्ट छन्द कवि डा. प्रभा भट्टराई र कवि अच्युत प्रसाद पौडेल चिन्तन हुनुहुन्थ्यो ।
उक्त महोत्सवमा विद्वत नारी प्रा.डा. गार्गी शर्मालाई नगदसहित “ प्याब्सन नारी रत्न“ र वरिष्ठ सङ्गीतकार सागर गौतमलाई नगदसहित “प्याब्सन सङ्गीत रत्न“ सम्मानले सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्