खैरो हेरोइन र २ लाख ८० हजार नगदसहित चार जना पक्राउ, स्कुल बस चालकसमेत संलग्न


काठमाडौं ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले काठमाडौं उपत्यकामा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ८८ ग्राम खैरो हेरोइन र दुई लाख ८० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।

ब्यूरोले गत कात्तिक ३० गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध–११ का २७ वर्षीय समिर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाइली र भारतको बिहारस्थित मधुवनी जिल्ला कमलाहरी–१२ का २२ वर्षीय कमलेश कुमार साह रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्न प्रयोग हुने दुई थान डिजिटल तराजु, दुई लाख ८० हजार रुपैयाँ नगद र चार थान मोबाइल बरामद गरेको छ।
पक्राउ परेकामध्ये राज रसाइली ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।