बाराबाट काठमाडौं ल्याउँदै गरेको ११ लाख ५९ हजारको काजु सशस्त्र प्रहरीद्वारा बरामद


काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालले बिलबिजकबिना बाराबाट काठमाडौं ल्याउँदै गरेको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद गरेको छ।
बिहीबार काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारस्थित सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वार अगाडिबाट उक्त काजु बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको विद्युतीय गाडी (ईभी) चेकजाँच गर्दा बिलबिजक नभएको काजु फेला पारेको हो।

काजुसहित महानगरपालिका–२५ बस्ने रोशनकुमार साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।