वेस्टइन्डिज १ सय ५० रनमै समेटियो



लन्डन, (एजेन्सी) । भारतविरुद्धको पहिलो टेस्टमा घरेलु टोली वेस्ट इन्डिजको पहिलो इनिङ १ सय ५० रनमै समेटिएको छ । ६४.३ ओभरमा सबै विकेट गुमाएर वेस्ट इन्डिजले खराब शुरुवात ग¥यो । टोलीका लागि एलिक एथानाजेले सर्वाधिक ४७ रन बनाए ।

अन्य कुनैपनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । भारतका लागि रविचन्द्रन आश्विनले सर्वाधिक पाँच विकेट लिए । रविन्द्र जडेजाले तीन तथा शार्दुल ठाकुर र मोहम्मद शिराजले समान एक विकेट लिए ।

पहिलो दिनको खेल सकिँदा भारतले २३ ओभरमा कुनै विकेट नगुमाई ८० रन बनाएको छ । भारतका लागि डेब्यू गरेका बायाँ हाते ब्याटर यशस्वी जैसवाल ४० रनमा अविजित छन् । त्यस्तै कप्तान रोहित शर्मा ३० रनमा अविजित छन् ।

प्रतिक्रिया दिनुहोस्