कार दुर्घटनामा चार जनाको मृत्यु, पाँच घाइते



एजेन्सी   । 

भारत अधिनस्थ जम्मुकाश्मिरको रजौरीमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छभने अन्य पाँच जना घाइते भएका छन् । थानामण्डी क्षेत्रमा भएको निजी कार दुर्घटनामा चार जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा अन्य तीन जनाले घटनास्थलमा नै अन्तिम श्वास लिएका थानामण्डी प्रहरी कार्यालयका प्रमुखले बताएका छन् ।

घाइतेहरूको रजौरीस्थित सरकारी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको छानबिन भइरहेको छभने विस्तृत विवरण प्राप्त भएको छैन ।

यसैबीच, उत्तरप्रदेशको अजमगढमा चट्याङ लागेर छ जनाको ज्यान गएको तथा एक जना बालक गम्भीर घाइते भएका छन् । राज्य सरकारले मृतकका परिवारलाई राहतस्वरुप रु चार लाख प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्