औषधीको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधी विभाग



औषधीको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधी विभाग

काठमाडौँ।

औषधी व्यवस्था विभागले औषधी पसललाई औषधीको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधीको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधी पसललाई औषधीको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गर्नुभएको हो ।

“विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधीको गुणस्तरियताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,” उनले भने, “औषधी ऐन, २०५३ को दफा १२ अनुरुप औषधी सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधीको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ ।”

महानिर्देशक दकालले औषधीको गुणस्तर एकीन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए । औषधी वितरक तथा औषधी पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधी सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्