भानु पुरस्कार डा.कँडेल र असिम पुरस्कार नेपाललाई



काठमाडौं । यस वर्षको भानु पुरस्कार साहित्यकार प्रा.घनश्याम कँडेललाई प्रदान गरिने भएको छ ।

नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुरुयाएका साहित्यकार प्रा.कँडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी परिषद्बाटै प्रदान गरिने गोपाल पाँडे असिम पुरस्कार अर्को साहित्यकार शैलेन्दु प्रकाश नेपाललाई प्रदान गरिने भएको छ । ती पुरस्कारको राशि क्रमशः एक लाख २५ हजार र ५० हजार तथा प्रशंसापत्र रहेको छ ।

भानु पुरस्कार आगामी भानु जयन्तीका अवसरमा र गोपाल पाँडे असिम पुरस्कार असिम जयन्तीका अवसरमा प्रदान गरिने परिषद्का सचिव लक्ष्मण थापाले जानकारी दिए । –रासस

प्रतिक्रिया दिनुहोस्