गलत ट्विट गरेकाे भन्दै दक्षिण भारतमा भाजपाका शक्तिशाली नेता पक्राउ


मदुरै ।

 दक्षिण भारतमा भारतीय जनता पार्टी (भाजपा)का एक प्रभावशाली नेता पक्राउ परेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो । उनी साे क्षेत्रका शक्तिशाली नेताकाे रूपमा चिनिन्छन् ।

 भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) अर्थात सीपीआईएमले भाजपाका राज्य सचिव सूर्यले आफ्नो सोशल मिडिया खातामा जारी गरेको पोस्ट आपत्ति जनक भएको भन्दै दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी कारबाही सुरु गरेको प्रहरी स्रोतले जनाएको छ।

 सूर्यलाई भारतीय दण्ड संहिता (आईपीसी) र सूचना प्रविधि (आईटी) ऐनको विभिन्न धारा अन्तर्गत पक्राउ गरि मुद्धा चलाईएको भारतीय प्रहरीले जनाएको छ।

 भाजपाका राज्य इकाई प्रमुख के अन्नामलाईले भने उक्त कार्यको निन्दा गर्दै यसलाई ‘अभिव्यक्तिको स्वतन्त्रतालाई नियन्त्रण’ गर्ने प्रयास भन्दै प्रतिक्रिया दिएका छन् ।

अन्नामलाईले ट्वीट गरे, ‘बीजेपीको तमिलनाडु इकाईका राज्य सचिव थिरु सूर्यको गिरफ्तारी अत्यन्त निन्दनीय छ। उहाँको एउटै गल्ती कम्युनिष्ट (द्रविड मुनेत्र कझगम) हरूका सहयोगीहरूको दोहोरो मापदण्डको पर्दाफास गर्नु थियो।

 उनले अगाडी भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सरकारी संयन्त्रको दुरुपयोग गर्नु र अलिकति आलोचनामा झुक्किनु लोकतान्त्रिक रूपमा निर्वाचित नेतालाई साँच्चै अलोकतान्त्रिक र निरंकुश नेतामा परिणत हुने सङ्केत हो, यस्ता गिरफ्तारीले हामीलाई निरुत्साहित गर्दैन। हामी यो घटनालाई बाहिर ल्याउने प्रयास जारी राख्नेछौं।’

भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का पार्षद विश्वनाथनलाई प्रहार गर्दै सूर्यले ट्विट गर्दै भनेका थिए, ‘मदुरैमा एक सरसफाइ कर्मचारीको काम गर्ने क्रममा मृत्यु भएको छ किनभने उनलाई ढलको पानीमा काम गर्न बाध्य पारिएको थियो, जसले गर्दा उनको शरीरमा एलर्जी भएको थियो।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।