विवाहबाट फर्किदै गरेकाे डुंगा पल्टिँदा १०३ जनाको मृत्यु



अबुजा ।

नाइजेरियामा डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाहबाट फर्केका मानिस सवार डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको हो ।

क्वारा राज्यको पाटेगी जिल्लाको नाइजर नदीमा डुङ्गा पल्टिएको राज्यका प्रहरी प्रवक्ता ओकासान्मी अजयले बताए। उनका अनुसार डुंगा दुर्घटनाबाट १०३ जनाको मृत्यु भएको छ भने सयभन्दा बढीको उद्धार गरिएको छ ।

अफ्रिकाको सबैभन्दा लामो नाइजर र बेनु नदीहरू बीचको संगमको नजिक रहेको क्षेत्रमा यसअघि पनि डुंगा दुर्घटना भएका थिए । मे २०२१ मा भएको डुंगा दुर्घटनामा १६० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्