३० रुपैयाँमा शाहरुखको फिल्म !



www.famouswallpapers.com

मुम्बई ।

मुम्बईको प्रख्यात मराठा मन्दिर सिनेमामा आज पनि दर्शकका लागि उनीहरुले मनपराएका कलाकारको फिल्म देखाइने गरिन्छ । ‘मुगल–ए–आजम’ देखि लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता आइकोनिक फिल्म हेर्न यहाँ दर्शकको भीड नै लाग्छ ।

मराठा मन्दिर सिनेमा र जी७ मल्टिप्लेक्सका कार्यकारी निर्देशक मनोज देसाईका अनुसार यहाँ ‘मुगल–ए–आजम’ १७ वर्षसम्म प्रदर्शन भएको थियो । त्यसपछि शाहरुखको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ २८ वर्षसम्म प्रदर्शन भयो । यहाँ यी फिल्म आज पनि देखाइन्छ ।

यी फिल्मको टिकट ३० रुपैंयाँ राखिएको छ । यहाँ हरेक आइतबार यी फिल्ममा हाउसफूल दर्शक हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्