राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट


काठमाडौं।

नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ।

शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो। भारत ए ले दिएको ३३३ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ११औं ओभरमा २६ रनमा अलआउट भयो।

नेपालका लागि कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफले सर्वाधिक ६ रन बनाए।

भारतका प्रिन्स यादवले ५ विकेट लिए भने हर्षित रानाले ४ विकेट लिए । शाहबाज अहमदले १ विकेट लिए।

त्यसअघि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शानदार शतक बनाएपछि राइजिङ स्टार्स एसिया कपमा भारतले नेपालसामू बलियो योगफल खडा गरेको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो।

कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन बनाए। त्यसअघि ओपनर वैभव सूर्यवंशीले २६ रन बनाएका थिए।

भारत ४२-३ को अवस्थामा हुँदादेखि कुशाग्र र तिलक मिलेर चौथो विकेटका लागि २०६ रनको शानदार दोहोरो शतकीय साझेदारी बनाए।

भारतको स्कोर २४८ हुँदा कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भए। शतक बनाएपछि असहज महसुस गरिरहेका तिलक नन्दन यादवको बलमा आउट भए।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिँदा पवन सर्राफले १ विकेट लिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।