मन्दिर निर्माण समितिका अध्यक्ष टुकमान गुरुङका अनुसार बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट १५ लाख रुपैयाँ, भरतपुर महानगरपालिकाबाट ८ लाख रुपैयाँ र भरतपुर–१८ को वडा कार्यालयबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । सरकारी अनुदानसँगै स्थानीय तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट समेत आर्थिक सहयोग जुटिरहेको उनले बताए ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म सरकारी अनुदान र व्यक्तिगत तथा संस्थागत सहयोग गरी कुल ४४ लाख ३३ हजार ३१८ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको तथा प्रतिबद्धता आएको छ । मन्दिर निर्माणलाई पूर्णता दिन स्थानीयस्तरमा सहयोग अभियानलाई निरन्तरता दिइएको समितिले जनाएको छ ।
मन्दिर निर्माणका लागि व्यक्तिगत रूपमा उल्लेख्य सहयोग गर्नेमा भरतपुर–२६ का केशवराज थापाले एक लाख १३ हजार ३३३ रुपैयाँ, रामकृष्ण पण्डितले एक लाख ११ हजार १११ रुपैयाँ, महेन्द्र तथा दीपेन्द्र चापागाईंले एक लाख पाँच हजार ५५५ रुपैयाँ र दुर्गा अधिकारीले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन्।
त्यसैगरी सन्तबहादुर भण्डारीले ७० हजार १७५ रुपैयाँ, वेदप्रसाद रेग्मीले ६० हजार १०५ रुपैयाँ तथा शोभाकान्त पोखरेल, ईश्वरीदत्त रेग्मी, यमकान्त भण्डारी, कृष्ण केसी र पीताम्बर रेग्मीले जनही ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै, १० हजार एकदेखि २५ हजार रुपैयाँसम्म सहयोग गर्नेलाई फ्रेमसहितको प्रमाणपत्र र खादा प्रदान गरी शिलालेखमा नाम राखिनेछ । २५ हजार एकदेखि ५० हजार रुपैयाँसम्म सहयोग गर्नेलाई चाँदीको फ्रेमसहित प्रमाणपत्र र दोसल्ला प्रदान गरिनेछ ।
५० हजार एकदेखि एक लाख रुपैयाँसम्म सहयोग गर्ने दाताको नाम दुई जनासम्मको व्यवस्थाअनुसार शिलालेखमा समावेश गरिनेछ भने एक लाख एकदेखि दुई लाख रुपैयाँसम्म सहयोग गर्नेलाई गोल्डेन फ्रेमसहित प्रमाणपत्र र दोसल्ला प्रदान गरी चार जनाको नाम शिलालेखमा राखिनेछ ।
यसैगरी दुई लाख एकदेखि पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने दाताको नाम ताम्रपत्रमा उल्लेख गरिनेछ । पाँच लाख एक हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताको परिवारका सदस्यको नामसमेत ताम्रपत्रमा समावेश गर्ने व्यवस्था समितिले गरेको छ ।
स्थानीयको धार्मिक आस्था र सामूहिक सहभागितालाई जोड्दै अघि बढाइएको मन्दिर निर्माण अभियानले समुदायमा सहकार्य र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ । सरकारी निकाय र स्थानीय दाताको निरन्तर सहयोगबाट मन्दिर निर्माण कार्यलाई थप गति दिने अपेक्षा समितिले गरेको छ ।

तपाईंको विचार लेख्नुहोस्