निर्देशक डा. अधिकारीद्वारा पद बहाली

0
Shares

काठमाडौँ। 

 परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूति गृह थापाथलीको निर्देशक डा. श्री अधिकारीले मंगलबार पद बहाली गर्नुभएको छ  ।

वरिष्ठ प्रसूति तथा स्त्री रोग विज्ञ डा.अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गत हप्ता मन्त्री स्तरीय निर्णय गरी  निर्देशकको जिम्मेवारी दिनुभएको थियो ।

डा.अधिकारीलाई प्रसूतिगृहका चिकित्सक,कर्मचारीहरुले मंगलबार एक कार्यक्रमकाबीच स्वागत गरेका थिए । सो अवसरमा प्रसूति गृहका निवर्तमान निर्देशक डा. पवनजंग रायमाझीको पनि उपस्थिति थियो । डा. अधिकारीले आफूले प्रसूति गृहको गुणस्तरीय उपचारमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । डा. अधिकारी प्रसूतिगृहमै कार्यरत प्रसूति विज्ञ हुनुहुन्छ ।