कार्यक्रमस्थलमा लडे अमेरिकी राष्ट्रपति बाइडेन (भिडियाेसहित)


काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो  बाइडेन सार्वजनिक कार्यक्रमस्थलमा लडेका छन् । बिहीबार कोलोराडोमा आयोजित एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ जाँदा लडेको भिडियो सार्वजनिक भएको छ ।

यसबारे ट्वीटमार्फत जानकारी दिँदै ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले राष्ट्रपति बाइडेन बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राष्ट्रपति बाइडेनलाई कुनै चोट नलागेको उनले स्पष्ट पारेका छन् । यसअघि पनि ८० वर्षीय बाइडेन पटक पटक सार्वजनिक कार्यक्रममा लड्का छन् ।

भिडियाे स्राेत : बीबीसी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।