चलचित्र टुल्कीको निर्माण सकियो



काठमाडौं।

एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा मुस्ताङ निवासी मुस्ताङ्गी राजाका भान्जे ज्वाई राजेन्द्र ठकुरीले चलचित्र निर्माण गर्न खोजेको थिए ।

विविध कठिनाइका बाबजुद मुस्ताङकै विषयमा निर्माण भएको चलचित्र मुक्तिदाता पछि दोश्रो प्रोजेक्टका रुपमा बहुपति प्रथा विषयमा चलचित्र निर्माण गर्ने सपना चलचित्र निर्माता ठकुरीको थियो ।

त्यो सपना निर्माता ठकुरीको पूरा हुन नसकेपनि यतिखेर मुस्ताङको  नभएर डोल्पाको बहुपति प्रथा विषयमा नेपाली कथानक चलचित्र टुल्कीको निर्माण भएको छ । द पाल्म ग्रुपले बहुपति प्रथा विषयमा चलचित्र टुल्की निर्माण गरेर नयाँ आयाम थपिदिएको छ ।

एक पत्नीले एकभन्दा बढी पति राख्ने परम्परागत प्रचलनमा चलचित्र निर्माण गर्नु सहज भने अवश्य होइन । लामो अध्ययन तथा अनुसन्धान अनि ठूलो बजेट खर्च गरेपछि मात्र निर्माण समपन्न भएको चलचित्र टुल्कीको सार्वजनिक डेट आगामी १२ जेठलाई तोकेरै निर्माण कंपनीले विहीवार पोष्टर सार्वजनिक गरेको हो ।

सम्भवत: बहुपति प्रथामा आधारित पहिलो चलचित्र टुल्कीको छायाँकन डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा भएको निर्माण कंपनीले भनेको छ ।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङ  लगायतका हिमाली जिल्लाको  भेषभूषामा प्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई  टुल्की मार्फत देखाइएको निर्माता शेखर लामाको जिकिर छ ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको बैबाहिक सामूहिक बलात्कारको दुःखान्त कथा वस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।

शेखर लामाको प्रस्तुती रहेको यस चलचित्रलाई देव थापाले निर्देशन तथा सुसिल अधिकारि र नमराज घिमिरेले  छायांकन गरेको हुन् भने सम्पादन तारा किम्भे थापा संगीत तथा गीतकार ग्यानेन्द्र गिरी र  रोहित देउबा हुन भने रेखा जोशी, हरिना नाथ र रोहित देउबाको स्वर मा २ गीत समाबेस रहेको छ र पार्स्व संगीत सन्जिब सुब्बाको रहेको छ यस चलचित्रको निर्माण भने आरपी कर्माचार्य र उजेली लामाले गरेका हुन् ।

यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, सौजन सुब्बा, सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ । बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्म वितरणको जिम्मा डीसीएन र रिच इन्टरटेनमेन्टले पाएको छ ।

यस चलचित्रको कथा लक्ष्मण सुनार र पठकथा संवाद भने शेखर लामाले गरेका हुन् । करिब चार वर्षको अनुसन्धानपछि चलचित्र निर्माण गरिएको र झन्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्