विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

0
Shares

काठमाडौं ।

अमेरिकाको नासभिल सहरस्थित एक क्रिश्चियन विद्यालयमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ। टेनेसी राज्यमा पर्ने कोभिनान्ट स्कुलमा मंगलबार हतियारधारी व्यक्ति प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो।

बीबीसीका अनुसार मृत्यु हुने ६१ वर्षीया सिन्थिया पिक, ६० वषीया क्याथरिन कुन्स र ६१ वर्षीय माइक हिलको पनि मृत्यु भएको छ। उनीहरु विद्यालयका कर्मचारी रहेको नासभिल नगरप्रहरीले जनाएको छ।

क्याथरिन प्रधानाध्यापक, पिक अतिरिक्त शिक्षिका र हिल सुरक्षागार्डका रुपमा विद्यालयमा कार्यरत थिए।

विद्यालयमा प्रवेश गरी गोली चलाउने व्यक्ति २८ वर्षीया अउड्रे हेल रहेको पुष्टि भएको छ। घटनालगत्तै पुगेको प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको छ।