कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल


काठमाडौं ।

राष्ट्रिय युवा संघले कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको छ । बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरुबीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो ।

राजनीतिक नेताहरुको तर्फबाट एमाले महासचिव शंकर पोखरेलले कप्ताानी गरेका थिए भने कलाकारको पक्षबाट धिरेन शाक्यले कप्तानी गरेका थिए ।

उक्त खेलमा धिरेन शाक्य, जितु नेपाल, रचना रिमालसम्मका कलाकारको उपस्थिति थियो भने राजनीतिकर्मीवाट एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायतका उपस्थित थियो ।

आगमी ११ फागुन देखि हुन लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनसीप आयोजनाको पुर्वसन्ध्यामा संघले कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलाएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।