काठमाडौँ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कका अनुसार युरो एकको बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, पाउन्ड स्टर्लिङको १९४ रुपैयाँ ७५ पैसा र स्वीस फ्र्याङ्कको १७६ रुपैयाँ ६० पैसा रहेको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलरको १०३ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलरको ११५ रुपैयाँ २४ पैसा र जापानी येन १० को ९ रुपैयाँ ३६ पैसा कायम भएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।








तपाईंको विचार लेख्नुहोस्