काठमाडौं ।
नेपाली फुटबलमाथि लागेको फिफाको निलम्बन फुकुवाका लागि प्रक्रिया अघि बढ्ने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफा र एएफसीसँगको छलफल सकारात्मक भएको जानकारी दिएका छन्।
थाइल्यान्डबाट स्वदेश फर्किएका मन्त्री पोखरेलका अनुसार फिफाले निलम्बन फुकुवाको प्रक्रिया अघि बढाउने र डिसेम्बरसम्म निर्वाचनको रोडम्याप प्रस्ताव गर्ने सहमति भएको छ।
सरकारले देशको कानुनअनुसार काम गर्ने अडान राखेको र त्यसमा फिफा तथा एएफसी सकारात्मक रहेको उनले बताए।
एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी गठन गरेर गर्ने भन्ने विषय भने अझै टुंगिएको छैन। निर्वाचनको मोडालिटी र समयबारे आगामी छलफलबाट निर्णय हुने मन्त्री पोखरेलले बताएका छन्।
भ्रमणका क्रममा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए।








तपाईंको विचार लेख्नुहोस्