काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न नहुने बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले संविधान र प्रचलित कानुनअनुसार दुवै तहको निर्वाचन छुट्टाछुट्टै समयमा हुनुपर्ने धारणा राखे।
प्रचण्डका अनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गर्नुपर्छ।
संविधान र कानुन मिचेर निर्वाचन गर्न खोजिए देशमा थप राजनीतिक अस्थिरता र संवैधानिक संकट निम्तिन सक्ने उनले चेतावनी दिए।
यसैगरी, प्रचण्डले आगामी राजनीतिक प्रतिस्पर्धामा सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई पार्टीले प्राथमिकता दिनुपर्ने बताए। डिजिटल प्रविधिमा पछाडि पर्ने राजनीतिक शक्ति निर्वाचन तथा राष्ट्रिय प्रतिस्पर्धामा कमजोर हुन सक्ने उनको भनाइ थियो।








तपाईंको विचार लेख्नुहोस्