खार्किभमा प्रतिबन्धित हतियार प्रयोग


एजेन्सी ।

रुसले उत्तर–पूर्वी युक्रेनी सहर खार्किभमा अन्धाधुन्ध गोलाबारी गर्नुका साथै व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेर सयौं सर्वसाधारणको हत्या गरेको खुलासा भएको छ । एम्नेस्टी इन्टरनेसनलले सो जानकारी दिएको हो ।

रुसी फौजले बारम्बार ९एन२१०/९ एन२३५ क्लस्टर बम र अन्य ससाना हतियारहरू प्रयोग गरेको प्रमाण भेटिएको एम्नेस्टीले जनाएको हो । फेला परेका बमको असर विवादास्पद हतियारहरूसँग मिल्दोजुल्दो रहेको बीबीसीले जनाएको छ ।

क्लस्टर हतियारहरू विवादास्पद छन् किनकी तिनीहरू हावामा विस्फोट हुन्छन र साना बमहरूको समूह छोड्छन्, जुन अन्धाधुन्ध फराकिलो क्षेत्रमा खस्छ । यसले सम्भावित रूपमा नागरिकहरूलाई जोखिममा राख्छ ।

साना बमहरू वर्षैसम्म जोखिममा रहने बताइन्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।