हत्यारालाई सफाइ दिइएकोमा राष्ट्रपति बाइडेन आक्रोशित



वासिंगटन, (एजेन्सी)  । 

गत वर्ष विस्कोन्सिनमा भएको जातीय दंगामा दुई जना पुरुषलाई गोली हानी हत्या गर्ने एक किशोरलाई सजाय माफ गरिएकोमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई रिस उठेको बताएका छन् ।

राष्ट्रपति यसअघि पत्रकारहरूले बाइडेनले न्यायालयको यससम्बन्धी अन्तिम निर्णयको समर्थन गरेको बताएका थिए । तसर्थ बाइडेनले लिखित विज्ञप्ति नै जारी गरेर आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

सन् २०२० को अगस्ट २५ मा केनोसामा भएको गोलीकाण्डको सम्पूर्ण अभियोगबाट सर्फा दिइँदा १८ वर्षीय काइल रित्तेनहाउस अदालत कक्षमै भावविह्ल भएर रोएका थिए । अदालतको यस निर्णयप्रति अमेरिकी जनताको मत विभाजित भएको छ । यस निर्णयविरुद्ध अमेरिकाका विभिन्न स्थानमा विरोध प्रर्दशन पनि भएका छन् ।

साढे तीन दिन लामो अदालती सुनुवाईपछि शुक्रबार सातजना महिला न्यायाधीश तथा पाँचजना पुरुष न्यायाधीशको इजलासले सजाय मुक्त गर्ने फैसला सुनाउँदा उनी खुशीले झण्डै बेहोस हुन पुगेका थिए ।

पूर्व युवा प्रहरी क्याडेट रित्तेनहाउसलाई दुईवटा सुनियोजित आमनरसंहार, एउटा हत्या प्रयास र दुईवटा जथाभावी समुदायका असुरक्षा फैलाउन खोजेको अभियोग लगाइएको थियो । उनको आक्रमणमा ३६ वर्षीय जोसेफ रोजेनबाउम र २६ वर्षीय एन्थोनी ह्युवरको ज्यान जानुका साथै २८ वर्षीय गेइज ग्रोसक्रेउत्ज घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्