राजविराज र जनकपुरमा उपेन्द्र यादवको पुत्ला दहन



न्युज अफ नेपाल, राजविराज ।

राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराज र धनुषाको जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ ।

राजविराजमा अभियानका अभियन्ता सञ्जय यादव र मनिष हिन्दुको नेतृत्वमा र जनकपुरमा अरुण यादव र सुनिल शाहको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो ।

राजविराजमा अभियानका अभियन्ता सञ्जय यादव र मनिष हिन्दूको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो । त्यसैगरी जनकपुरमा अभियानका अभियन्ता अरुण यादव र सुनिल शाहको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो ।

दुवै स्थानमा अभियानका अभियन्ताहरुले निकालेको र्यालीमा चिनियाँ दलाल मुर्दावाद, उपेन्द्र यादव प्रचण्डको दलाल, प्रदेश २ मा तिब्बतीकरण बन्द गर, प्रदेश २ मा इस्लामीकरण बन्द गर र उपेन्द्र यादव चिनियाँ दलाल भन्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्