आफ्नै श्रीमती हत्या गरेको अभियोगमा पक्राउ



भोजपुर।

श्रीमती हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका(५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

फराछेतरले आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई साल्पासिलिछो गाउँपालिका(५ बाखुबाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्