अस्वस्थताका कारण फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित



काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित हुनुभएको छ ।

स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उहाँ उपस्थित नहुनुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले राससलाई जानकारी दिनुभयो ।

प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्