सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना



न्युज अफ नेपाल, काठमाडौं ।

सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ । काठमाडौँबाट दोलखा जाँदै गरेको कान्तिपुर सुपर यातायातको बा४ख १८०२ नम्बरको बस सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी केही यात्रु घाइते भएका छन् । घाइतेको उपचारका लागि नजिकैको अस्पताल लैजाने काम भइरहेको छ । बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेपछि दुर्घटना भएको अनुमान गरिएको छ । बस रुखमा अड्किएपछि यात्रुले बसको सिसा तोडेर बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्