बाह्र वर्षपछि हत्यारा पक्राउ



इलाम, (नेस) ।

जिल्ला प्रहरी कार्यालय इलामले अदालतबाट विभिन्न अपराधमा रहेर अदालतबाट सजायको फैसला सुनाएपछि फरार रहेका फरार अभियुक्तको खोजी अभियानलाई जारी राख्दै आएको छ । अदालतको फैसलापछि कानुनी दायरामा नआई फरार रहेका अभियुक्तमध्ये १२ वर्षअघि हत्या गरेर फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले इलामको साविक चमैता गाविस वडा नम्बर १ हाल देउमाई नगरपालिका वडा नम्बर १ चमैताका ४६ वर्षीय रत्नबहादुर राईलाई पक्राउ गरेको हो । राईलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष प्रहरी टोलीले भक्तपुर प्रहरीको समन्वयमा भक्तपुरबाट पक्राउ गरेको हो । २०६६ साल वैशाख १ गते चमैतास्थित धाराडाँडामा सोही स्थान बस्ने आफ्नै सालो तत्कालीन वर्ष १९ का युवराज राईको हत्या गरी फरार रहेका थिए । भक्तपुरबाट पक्राउ परेका राईलाई आवश्यक कानुनी कारबाहीका लागि इलाम ल्याइएको छ । उनलाई इलाम जिल्ला अदालतबाट कर्तव्य ज्यान शीर्षकमा म्याद थप गरी थप अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी सूचना अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभयो ।

प्रहरीले पुरानो मुद्दाको अनुसन्धान तथा कारबाहीमा हाल विशेष टिम नै गठन गरेर फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता बनाउँदै समेत लगेको इलामका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्