बाल दिवसमा बालगृहका बालबालिकालाई न्यानो कपडा


लमजुङ।

विश्व बाल दिवसको अवसरमा एकीकृत सेवा कार्यालयले लमजुङको बेसीशहर नगरपालिका–२ स्थित आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बालगृहका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाविच करिब २३ हजार रुपैयाँ बराबरका न्यानो कपडा बालगृहलाई हस्तान्तरण गरिएको हो । बालबालिकाको आधारभूत आवश्यकता परिपूर्तिमा सहयोग पु¥याउने उद्देश्यले कार्यालयले कपडा वितरण गरेको जनाएको छ ।

एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालको अध्यक्षता तथा बेसीशहर नगरपालिका–२ का कार्यवाहक वडाध्यक्ष गुमानसिंह कँडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कँडेलले बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा उचित पालनपोषणमा परिवार, स्थानीय सरकार र सरोकारवाला सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि आवश्यक सहयोग, अवसर र संरक्षण प्रदान गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

त्यस्तै, कार्यक्रमका अध्यक्ष एवं कार्यालय प्रमुख ढकालले बालबालिकाको हक, हित र संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै कुनै पनि बालबालिका आधारभूत आवश्यकता र अवसरबाट वञ्चित हुन नहुने बताए । बालबालिकाको संरक्षण तथा सहयोगका लागि कार्यालयले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ । कार्यक्रमको सञ्चालन एकीकृत सेवा कार्यालयका प्राविधिक सहायक भानुभक्त थापामगरले गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।