संसद भवनभित्रै यौनकाण्ड मच्चाउने सांसदको भिडियो भाइरल



सिडनी, (एजेन्सी)

अष्ट्रेलियाको राष्ट्रिय संसद भवनमा अर्को एक सनसनीखेज यौन काण्ड घटेको छ । संचार माध्यमका अनुसार सरकारी कर्मचारीहरुले त्यहाँ यौन कार्यको भिडियो खिच्नुका साथै विधायकका ग्राहकहरुलाई यौनकर्मीहरु भेटाउने गरेका छन् । च्यानल टेन र दि अष्ट्रेलियन नामक अखवारले संसद भवन भित्रका यौ न भिडियो र तस्वीरहरु प्राप्त् गरेको बताइएको छ ।

यस घटनामा लिवरल – नेसनलका चार जना कर्मचारी संलग्न रहेको बताइएको छ । सोमवार राति अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले एकजना कर्मचारीले एक जना महिला विधायकको डेस्कमा घृणित यौन कार्य गरेको पुष्टि गरेका छन् । उनले विभिन्न संचार माध्यम मार्फत् सार्वजनिक भएको यो काण्ड निकै लज्जास्पद र घिनलाग्दो भएको र यस्तो कार्य कहिल्यै स्वीकार्य नहुने प्रतिक्रिया व्यक्त गरेका छन् । क्यानवेरामा राजनीतिक कर्मचारीको रुपमा सेवारत थुप्रै महिलाहरुले संसद भवनमा भएको यस प्रकारको घृणित र अनैतिक कार्यको कडा आलोचना गरेका छन् ।
सन् २०१९ को एउटा मन्त्री कायाइलय कक्षमा एक मन्त्रालयका महिला कर्मचरी माथि आफ्ने एक पुरुष सहकर्मिबाट भएके वलात्कारको घटनाका लागि व्यापक विरोध र आलोचना खेपिरहेका प्रधानमन्त्री र अष्ट्रेलीयाली सरकारमाथि क्यानवेरा स्थित संसद भवनमा भएको यो यौन काण्डले आगोमा घ्यु थप्ने काम भएको छ । गत महिना मात्र ब्रिटानी हिगिन्स नामक ति पिडित महिलाले उक्त वलात्कारको घटनाबारे मौनता तोडेकी थिइन् । उनले राजनीतिमा महिलामाथि हुने गरेको व्यवहारमा परिवर्तन ल्याउने आशाले आफुले वलात्कारको घटना सार्वजनिक गरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्