खोटाङ।
खोटाङको खार्मीमा जारी वडास्तरीय खुला पुरुष फुटवल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र सोही नगरपालिकाको वडा नम्बर दुई सोल्मा फाईनलमा प्रवेश गरेका छन् । शिखर स्पोटर््स क्लव खार्मीले आयोजना गरेको प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न दुई सेमि फाईलन खेलमार्फत उक्त टोली फाईनलमा प्रवेश गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित शिखर खेल मैदानमा गत मंसिर–१ देखि जारी प्रतियोगितामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मालाई ट्राईब्रेकरमा ४–२ गोल अन्तरले पछि पार्दै खार्मी फाईनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवैतर्फवाट गोल हुन नसक्दा खेल ट्राईबैकरमा धकेलिएको थियो।
यस्तै, केपिलासगढी गाउँपालिका–४ लाई २–० गोल अन्तरले पराजित गर्दै सोल्माले फाईलन भिड्ने पक्का गरेको हो ।
करिव ८ बर्ष अघि निर्मित ईलाभेन साईडको खेल मैदान उद्घाटनपछि पहिलो पटक औपचारिक रुपमा प्रतियोगिताको आयोजना गरिएको जनाईएको छ । ‘खेलकूद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान !’ भन्ने नारासहित आयोजित प्रतियोगितामा टेम्मा र सेमि फाईनालिष्ट बनेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको प्रतियोगिताको फाईनल खेल मंसिर–५ अर्थात शनिबार हुने क्लवका अध्यक्ष महेन्द्र राईले जनाउनुभयो । ‘प्रथम एक्स्ट्रिम शिखर स्पोर्टस् कप–२०८३’को ब्यानरमा सञ्चालित प्रतियोगितामा जिल्लाका दश टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राईले जनाउनुभयो । त्यस्तै, उपविजेता टोलीलाई ५५ हजार ५ सयि ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सेमिफाइनलिष्ट दुई टोलीले जनही नगद २१ हजार १ सय ११ तथा उत्कृष्ट खेलाडीलाई पाँच हजार ५ सय ५५ रुपैंयाँ प्रदान गरिने छ । विद्यागततर्फ उत्कृष्ट खेलाडीलाई जनही तीन हजार ३ सय ३३ का दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिता समापनका अवसरमा जिल्लाका एकजना पत्रकारलाई पाँच हजार रुपैंयाँ राशिको ‘खेल पत्रकारिता पुरस्कार–२०८३’ समेत प्रदान गरिने जनाइएको छ ।
सांस्कृतिक झाँकी तथा मनोरञ्जनात्मक कार्यक्रमसहित समापन हुने कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई लगायतको उपस्थिति रहने प्रतियोगिता संयोजक हर्कराज राईले बताउनुभयो ।
वडास्तरीय फुटबल प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय नियम (फिफाले निर्धारण गरेको फुटबल नियम)अनुसार सञ्चालन भईरहेको छ ।
नगरपालिकाको लगानीमा निर्माण गरिएको खेलमैदानको उपयोग गर्दै दक्ष तथा व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्न खुला वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।








तपाईंको विचार लेख्नुहोस्