महाराजा अग्रसेन ग्लोबल आइकन अवार्डबाट नेपालका विमल केडिया र प्रीति अग्रवाल सम्मानित


काठमाडौँ ।

भारतको नयाँ दिल्लीमा आयोजित ‘महाराजा अग्रसेन ग्लोबल आइकन अवार्ड समारोह–२०२६’ मा नेपालका संविधानसभा सदस्य तथा समाजसेवी विमल केडिया र सगरमाथा आरोही प्रीति अग्रवाल सम्मानित भएका छन् ।

विश्वभर छरिएर रहेका अग्रवाल समुदायको प्रमुख संगठन अखिल भारतीय अग्रवाल संगठनले आयोजना गरेको उक्त समारोहमा विभिन्न देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई उच्च सम्मान प्रदान गरिएको हो ।

समारोहमा नेपालका केडिया र अग्रवालसहित गीता मनीषी महामण्डलेश्वर श्री ज्ञानानन्द जी महाराज, दिल्लीकी मुख्यमन्त्री तथा प्रमुख अतिथि श्रीमती रेखा गुप्ता, हरियाणा सरकारका क्याबिनेट मन्त्री विपुल गोयल, संगठनका राष्ट्रिय चेयरमेन प्रदीप मित्तल, राष्ट्रिय अध्यक्ष कुलभूषण मित्तल र राष्ट्रिय महासचिव राजेश भारुकालाई सम्मान गरिएको थियो ।

त्यसैगरी, भारत, थाइल्यान्ड, दुबई, अमेरिका, बेलायत, जापान, हङकङ, सिंगापुर, इन्डोनेसिया र नेपाललगायत १० देशका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका अग्रवाल समुदायका प्रतिभाहरूलाई समेत यस अवसरमा उच्च सम्मान प्रदान गरिएको थियो ।

अखिल भारतीय अग्रवाल संगठनले समुदायका प्रतिभाहरूको पहिचान, प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले अवार्ड समारोह आयोजना गरेको हो । यस्ता सम्मानले समुदायका व्यक्तिहरूलाई थप उत्साहित बनाउनुका साथै समाज र राष्ट्रको विकासमा योगदान पुर्‍याउन प्रेरित गर्ने विश्वास संगठनले व्यक्त गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।