बलात्कार गर्न खोज्नेको लिंग काटियो



नयाँदिल्ली, (एजेन्सी)

भारतको मध्यपुरको सिढी जिल्ला निवासी एक ४५ वर्षिया महिलाले आफ्नो घरमा जवर्जस्ती प्रवेश गरी आफूमाथि वलात्कार प्रयास गर्ने एक पुरषको लिंग नै काटिदिएको स्थानिय प्रहरीले शनिवार जनाएको छ । सो जिल्लाको सदरमुकामदेखि करिव पचास किमि टाढाको उमारिहा गाउँमा विहिवार राती करिव एघार बजे यो घटना घटेको हो ।

खाडी प्रहरी चौकीका प्रमुख धर्मेन्द्र सिंह राजपुतले भनेका छन् , ‘ पिडित महिलाका उजुरी अनुसार घटनाको बेला उनका पति काम विशेषले घर बाहिर थिए । ति महिलाका साथ उनका १३ बर्षीय छोरो पनि थिए । तर ति वलात्कारी घरमा पसेपछि उनको छोरो चोर आएको आशंकामा डरले घरबाट बाहिर भागेको थिए । त्यसपछि ती पुरुषले २० मिनेट सम्म उनीमाथि दुव्र्यवहार गर्दै वलात्कार गर्ने कोसिस गरिरहे । अन्तत ती महिलाले हसियाले उनको लिंग काटि दिइन् । शुक्रवार बिहान साढे एकबजे उनले चौकीमा आएर जाहेरी दिइन् । ’

तत्काल घटनास्थलमा पुगेको प्रहरीले ति पिडकको प्राथमिक उपचार गरी उनलाई सिढी जिल्ला अस्पतालमा पु-याएको थियो । तर त्यहाँकै डाक्टरहरुको सल्लाहमा थप उपचारका लागि नाम नखुलाइएका उनलाई रेवा जिल्ला स्थित संजय गान्धी मेडिकल कलेज एन्ड हस्पिटल लगिएको थियो । अनौठो कुरो त के छ भने ति पुरुषले उल्टै प्रहरी समक्ष महिला विरुद्ध साँघातिक हमलाको उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्