पाकिस्तानमा दुई बलात्कारीलाई मृत्युदण्ड



इस्लामावाद,(एजेन्सी)

पाकिस्तानको एक अदालतले दुईजना पुरुषलाई वलात्कारको अभियोगमा मृत्यदण्ड सुनाएको छ । राजमार्गमा भएको यस सामूहिक बलात्कार काण्डलाई लिएर पाकिस्तानमा ठूलो जन आक्रोस प्रकट भएको थियो । आविद माल्ही र साफकत अलि बाग्गा नामक ती दुई युवकले आफ्ना दुई बालबालिका सहित राजमार्गमा अलपत्र परेकी एक पाकिस्तानी मुलकी फ्रेन्च महिलालाई फेला पारेका थिए । लाहोर नजिकको एउटा सडकमा पेट्रोल सकिएर अलपत्र परेकोे ति महिलाको कारमा जवर्जस्ती छिरेर तिनीहरुले स–साना बालबालिकाको आँखा सामुन्ने तिनलाई वलात्कार गर्नुका साथै लुटपाट समेत गरेका थिए ।

यस घटनालाई लिएर एकजना प्रहरी अधिकारीले एक्लो महिला किन राति अवेर घर बाहिर निस्केकी भनेर प्रश्न उठाएको कारण पाकिस्तानमा ठूलो विरोध प्रदर्शन भएको थियो । पाकिस्तानको पुर्वी शहर लाहोर स्थित एक विशेष अदालतले आविद माल्ही र साफकत अलि बाग्गालाई सामुहिक वलात्कार ,अपहरण , डकेैती र आतंकारी अपराध अभियोगमा दोषि ठहराएको थियो ।

सन् २०२० को ९ सेप्टेम्वरमा नाम नखुलाइएकी ति महिलाको कारमा एक्कासी पेट्रोल सकिएपछि उनले सहयोगका लागि गुजरानवाला स्थित आफन्तलाई फोन गरेकी थिइन् । तिनीहरुले उनलाई तत्काल सहयोगका लागि राजमार्ग आपतकाल नम्वरमा फोन गर्न सल्लाह दिँदै आफूहरु पनि उनको सहयोगका लागि घरबाट निस्केका थिए । प्रहरीमा परेको उजुरी अनुसार करिव ३० वर्षका ति दुई युवकले उनको साथमा रहेको गरगहना र नगद लुटिसकेपछि उनका सन्तानकै सामु सडक नजिकैैको एउटा खेतमा सामुहिक वलात्कार गरेका थिए ।

घटनाको भोलिपल्टै लाहोर स्थित वरिष्ठ प्रहरी अधिकृत उमेर सिंहले संचार माध्यम सामु व्यस्त सडक प्रयोग नगरेको , नाबालकहरुसंग मात्र यात्रा गरेको र पेट्रोल कति छ भनी नजाँचेकोमा अप्रिय घटनाका लागि पिडित महिल पनि आँशिक रुपमा जिम्मेवार भएको बताएपछि ठूलो विवाद सिर्जना भएको थियो ।

ति महिलाले फा्रन्समा जस्तै पाकिस्तानमा पनि शान्ति सुरक्षा राम्रो होला भनेर यसरी यात्रा गरेको बताएकी थिइन् । पाकिस्तानको छिमेकी मुलुक भारतमा पनि नयाँ दिल्लीमा गुडिरहेको बस भित्र प्रेमिकै सामु सामुहिक वलात्कार गरी एक छात्राको हत्या भएपछि वलात्कार विरुद्ध कडा संजायको माग गर्दै लामो समय सम्म व्यापक विरोध प्रर्दशन भएको थियो । अन्तत जन दावावलाई कदर गर्दै भारतको सर्वोच्चअदालतले वलात्कारी विरुद्ध मृत्युदण्डको व्यवस्था गरेको थियो । मृतयुदण्डको वस्वस्थाको वावजुद पनि भारतमा वलात्कारको घटनामा कमि आएको पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्