युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु, अमेरिकामा १० करोडले लगाए खोप



FILE – In this Wednesday, June 24, 2020 file photo, a volunteer receives an injection at the Chris Hani Baragwanath hospital in Soweto, Johannesburg, as part of Africa’s first participation in a COVID-19 vaccine trial developed at the University of Oxford in Britain in conjunction with the pharmaceutical company AstraZeneca. On Friday, Oct. 23, 2020, AstraZeneca Inc. announced that the Food and Drug Administration is letting it resume testing of its COVID-19 vaccine candidate in the U.S. (Siphiwe Sibeko/Pool via AP)

पेरिस ।

 फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो ।

उता संयुक्तराज्य अमेरिकामा तोकिएको मितिअगावै १० करोड खोप दिने लक्ष्य पूरा गर्न लागेको अमेरिकी प्रशासनले जनाएको छ । राष्ट्रपति बाइडेनले खोपको उपलब्धता र वितरणमा कुनै समस्या आउन नदिने पटकपटक प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए ।

युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाई सार्वजनिक गरेलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले खोप अभियान शुरु गर्ने बताएका छन् ।

फ्रान्समा कोभिड–१९ को संक्रमण फैलिएसँगै शनिबार रातिदेखि एक महिने सीमित लकडाउन शुरु भएको छ । फ्रान्समा चार महिनायता एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएका थिए ।

पेरिसमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द हुनेछन् । यद्यपी, विद्यालयहरु भने खुला गरिने र घरबाट १० किलोमिटरसम्म मात्र यात्रा गर्न स्थानीयवासीलाई अनुमति दिइएको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले पनि अस्ट्राजेनिका खोपको सुरक्षा र प्रभावकारिताका बारेमा गरिरहेको अनुसन्धानको नतिजा शुक्रबार सार्वजनिक गर्दैछ । ढुवानी र भण्डारमा सहज तथा सस्तो मूल्यमा उपलब्ध हुने यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र स्वीडेनको औषधि निर्माता कम्पनी अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेका हुन् ।

अस्ट्राजेनिकालाई हाल कोभाक्समा समावेश गरिएको छ । कोभिड विरुद्धको खोपलाई विश्वका विभिन्न मुलुकमा समान रुपमा वितरण गर्न कोभाक्सले मद्दत गरिरहेको छ ।

उता, फिलिपिन्सका औषधि नियामक निकायले रुसले विकास गरेको स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । फिलिपिन्सले ५० लाखदेखि एक करोड डोज खोप लिने योजना बनाएको छ ।

संयुक्तराज्य अमेरिकाले आफ्ना छिमेकी मुलुकहरु मेक्सिको र क्यानडालाई मद्दत गर्न लाखौं डोज अस्ट्राजेनिका खोप उपलब्ध गराउने तयारी गरेको अमेरिकी प्रशासनले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले २५ लाख डोज मेक्सिको र १५ लाख डोज क्यानडालाई उपलब्ध गराउन लागेको पुष्टी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्