रसियालाई अमेरिकी चुनाव प्रभावित गर्न खोजेको आरोप



न्युयोर्क ,(एजेन्सी) ।

अमेरिकी गुप्तचर अधिकारीहरुले गत वर्षको नोभेम्वरमा सम्पन्न अमेरिकी राष्ट्रपतिय निर्वाचनको दौरान रुसी राष्ट्रपति भ्लदिमिर पुटिनले अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा चुनावलाइृ प्रभाबित गर्ने प्रयासलाई अनुमोदन गरेको हुनुपर्ने बताएका छन् ।अमेरिकी सरकारद्वारा प्कासित एक प्रतिवेदनमा मस्कोले लामो विवादपछि अन्नत चुनाव जितेको जोय बाइडेन विरुद्ध मस्कोले अफवाहपूर्ण वा आधारहिन आरोपहरु लगाएको उल्लेख गरिएको छ ।

तर प्रतिवेदनमा कुनै पनि विदेशी सरकारले अमेरिकाको चुनावको अनित्म नतिजा प्रति प्रशन नउठाएको पनि जनाइएको छ । यता रसियाले भने अमेरिकी राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेका भनी आफुमाथि लगाइएको आरोप अस्विकार गरेको छ । अमेरिकाको वासिंगटन स्थित रुसी दुतावासले सो प्रतिवेदनको निचोड गुप्तचर सेवाहरुको नितान्त एकल मनगढन्त भनाई भएको र आरोप पुष्टि हुने खालका कुनै पनि ठोस प्रमाण पनि उल्लेख नगरिएको प्रतिक्रिया दिएको छ ।

तर अमेरिकाका तीनवटा विश्वस्त सुत्रले उक्त प्रतिवेदनको निचोडको आधारमा अमेरिकाले रसिया माथि चाँडोमा आगामी साता नै नाकावन्दि लगाउन सक्ने अन्तर्राष्ट्रिय समारचार निकाय रोयटर्सलाई जानकारी दिएका छन् । पन्ध पृष्ठको यो प्रतिवेदन राष्ट्रिय गुप्तचर निर्देशनालय कार्यालयले सार्वजनिक गरेको हो ।साथै सो प्रतिवदेनमा इरानले ट्रम्पको समर्थनलाई कमजोेर पार्न खोजेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्