स्माइली इमोजी अंकित अजिंगर ६ हजार डलरमा बिक्रि



वासिंगटन,(एजेन्सी) । 

विगत दुई दशकदेखि अदभुत रंगका र डिजाइनका सर्प प्रजनन गराउँदै आएका अमेरिकाका जस्टिन कोविल्का नामक एक पुरुषले संयोगवश हालै प्रजनन गराएर जन्माइएका अजिंगरका सानो बच्चाको शरिरमा इमोजीको हाँसिरहेको चित्र अंकित भएको पाइएको छ ।

जे. कोविल्का रेप्टाइल्स नामक संस्थाका मालिक उनले यसपाली प्रजनन गराएर जन्माएका लावेन्डर अल्विनो पाइवल्ड बल प्रजातिको सेतो रंगको अजिंगरको शरिरमा मान्छेको हाँसिरहेका जस्तो तीन वटा पहेँलो चित्र रहेका छन् ।उनले यस अजिंगरलाई छ हजार अमेरिकी डलरमा बिक्रि गरेका छन् । उनले आफुले चमिकलो सेतो र पहेँलो रंगको संयोजन गर्ने मात्र प्रयास गरेको र यो इमोजीको जस्तो अनौठो डिजाइन देखेर आफैं छक्क परेको बताएका छन् ।

उनले आफ्नो लामो अनुभव अनुसार बिस वटा सरिसृप मध्ये एउटामा यसरी मानिसको हासिरहेको अनुहारको जस्ते चित्र भेटिने गरेको तर पहिलो पटक एउटै सर्पको जिउमा यसरी तीनवटा चित्र भेटिएको दावी गरेका छन् । उनले अजिंगरको शरिरमा रंग संयोजन गरी नयाँ अजिंगर कोरल्न आठ वर्ष लामो मिहेनत गर्नुपरेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्