लागु औषध तश्करीका लागि घरमै बनेको पनडुब्बी



म्याड्रिड,(एजेन्सी) ।

स्पेनमा प्रहरीले दुई टन वजन वरावरको लागु औषध ओसार प्रसार गर्ने क्षमताको घरमै बनाइएको एउटा पनडुब्बी जफत गरेको छ । नौ मिटर लम्वाईको तथा निलो रंगको सो पनडुब्बी दक्षिणी मालागा शहरको एउटा आद्यागिक भण्डार गृहमा लुकाएर राखिएको अवस्थामा फेला पारिएको थियो । लागु औषध तश्कर विरुद्धको पााच वटा राष्ट्र लगायत युरोपेली संघ ( इयु ) को अपराध अनुसन्धान निकाय युरोपोल सम्मिलित विशेष अभियानको दौरान यो पनडुब्बी भेटिएको हो ।

प्रहरीले यस सुरक्षा कारवाही दौरान स्पेनका विभिन्न स्थानबाट ५२ जना व्यक्ति गिरफतार हुनुका साथै ठूलो परिमाणमा कोकिन र ह्यासिस पनि वरामद भएको जनाएको छ । साथै लागु औषध तयार पारिने गरेको एउटा प्रयोगशाला पनि नष्ट गरिएको छ । प्रहरीले फाइवर ग्लास र प्लाइउडबाट बनाइएको सो पनडुब्बी अझै लागु औषध ओसार्न प्रयोग भने भइनसकेको जनाएको छ ।

सन् २०१९ मा २ हजार किलोग्राम भन्दा बढि कोकिन लादिएको एउटा पनडुब्बी उत्तर पश्चिमी स्पेनको जलिय क्षेत्रमा जफत गरिएको थियो । त्यस समबन्ध दुईजनालाई हिरासतमा लिइएको थियो । प्रहरीले सो पनडुब्बी कोलम्वियाबाट आएको हुनुपर्ने विश्वास गरेको थियो । अन्तर्राष्ट्रिय कुख्यात लागु औषध तश्कर समुहहरुले हरेक वर्ष ल्याटिन अमेरिकाबाट ठूलो परिमाणमा लागु औषध संयुक्त राज्य अमेरिका लाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्