सार्वजनिक स्थलमा बुर्का लागाउन प्रतिबन्ध



श्रीलंकन सरकारले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा बुर्का लागाउन प्रतिबन्ध लगाएको छ ।

श्रीलंकामा यस अघि केही समयका लागि आपतकालीन उपायका रुपमा प्रतिबन्ध लगाइएको बुर्का अब स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको हो । त्यस्तै, बुर्का लगाउनै पर्ने भएमा अन्य उपाय अपनाउन सुझाव दिइएको छ ।

श्रीलंकाको मन्त्रीपरिषदबाट पारित भइसकेको सार्वजनिक स्थानमा बुर्का प्रतिबन्धसम्बन्धी निर्णय संसदले अनुमोदन गर्न भने बाँकी रहेको छ । यस सम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियममा कडाई गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्