डाक्टरले अपरेसन थियटरबाटै मुद्दा लडे



लसएन्जेल्स, (एजेन्सी) ।

अमेरिकाको क्यालिफोर्निया मेडिकल बोर्डले अस्पतालमा अपरेसन गरिरहेकै बेला भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन पुगेको बताइएका एकजना प्लास्टिक सर्जनमाथि गम्भीर छानबिन गर्ने जनाएको छ । ट्राफिक नियम उल्लंघन गरे बापत उनी यसरी अदालतमा उपस्थित हुनुपरेको प्रहरीले जनाएको छ ।

कोरोना भाइरस महामारीको खतराको कारण ति डा. स्केट ग्रिन साक्रामान्टो उच्च अदालतको मुद्दा सुनुवाइको क्रममा भच्र्युअली उपस्थित भएका थिए । सर्जिकल पहिरनमै अनलाइनमा देखिएका डा. ग्रिनका बिरामी नदेखिए पनि अनलाइनमा अपरेसनमा प्रयोग गरिँदै गरेका उपकरणहरूको आवाज स्पष्ट सुनिएको थियो ।अदालतका कर्मचारीले उनलाई अपरेसन थियटरमा हुनुहुन्छ कि भनेर प्रश्न गरिँदा उनले सहमति जनाउँदै तैपनि आफू अदालती कारबाहीमा भाग लिन तयार रहेको बताएका थिए ।

साथै, उनले अदालती कारबाहीको प्रत्यक्ष प्रसारण हुँदै गरेको जानकारी आफूलाई भएको भन्दै न्यायाधीश ग्यारी लिन्क अदालत कक्षमा प्रवेश नगरून्जेल उनी टाउको निहुराउँदै शल्यक्रियामा व्यस्त रहेको दृश्य अस्वाभाविक देखिन्थ्यो । उनको व्यस्तता देखेर न्यायधीशले मुद्दा पर सार्ने प्रस्तावसमेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्