अमेजनले समलिंगीविरोधी पुस्तक नबेच्ने



न्युयोर्क, (एजेन्सी) ।

अमेरिकाको अमेजन डट कमले लैंगिक वा यौनिक पहिचानलाई मानसिक रोगको रूपमा व्याख्या गरिएका कुनै पनि पुस्तक आफूले बिक्री नगर्ने घोषणा गरेको छ । अमेरिकी कंग्रेसलाई पठाइएको एक औपचारिक पत्रमा अमेजनले आफूले केही तोकिएका विषय वा प्रसंग उल्लेखित पुस्तकहरू नबेच्ने अधिकार सुरक्षित गरेको उल्लेख गरेको छ ।

चर्चित अनलाइन खुद्रा बिक्रेताको रूपमा चिनिने अमेजनले रिपब्लिकन सिनेटरहरूको जिज्ञासा मेटाउन सो पत्र पठाएको हो । ति सिनेटरहरूले हालै एकजना कन्जरभेटिभ लेखकले लेखेको एउटा पुस्तक अमेजनको समपूर्ण प्लेटफर्मबाट किन हटाइयो भन्ने प्रश्न गरेका थिए ।गत महिना मात्र प्रतिनिधि सभाले महिला तथा पुरूष समलिंगी एवं तेश्रोलिंगी (एलजीबीटी) माथि हुने भेदभाव प्रतिबन्धित गर्ने विधायक पारित गरेको थियो । तर, उक्त ऐतिहासिक ‘समानता कानुन’ अझै सिनेटबाट पारित हुनु बाँकि नै छ ।

एक सय सिटको सिनेटमा ५० सिट ओगटेका रिपब्लिकनहरूले सो विधेयकको पक्षमा मतदान गर्ने बताइसकेका छन् । सन् २०१८ मा ¥यान एन्डर्सनले लेखेको ‘व्हेन ह्यारी विकेम स्याल्ली’ नामक पुस्तक अमेजनले हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्