बुरुन्डीमा मकै आयातमा प्रतिबन्ध



बुजुम्बुरा, (एजेन्सी) ।

बुरुन्डीको वाणिज्य मन्त्रालयले यही ८ मार्चदेखि आगामी ६ महिना सम्मका लागि मकैको दाना र पिठो दुवैको आयातमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रालयले मकै असल नभएको र त्यसको सेवनका कारण मानव स्वास्थ्य जोखिममा पर्ने गरेको एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । तर, सो विज्ञप्तिमा कुन–कुन मुलुकबाट मकै आयात रोकिने भन्ने स्पष्ट उल्लेख गरिएको भने छैन ।

बुरुन्डीको वाणिज्य मन्त्रालयका स्थायी सचिव जेरेमी बानी ग्वानिन्जीगोले भनेका छन् – ‘यस किसिमको मकै र मकैको पिठो हाम्रा थुप्रै छिमेकी मुलुकले पनि अस्विकार गरिसकेकाले हामीले पनि त्यसैको अनुशरण गर्न खोजेका छौं ।’सुरक्षा चासोको कारण गत साता केन्याले युगान्डा र तान्जानियाबाट आउने मकैमाथि प्रतिबन्ध लगाएपछि बुरुन्डीले पनि या कदम उडाएको हो । बुरुन्डीमा अधिकांश मात्रामा मकै युगान्डा र जाम्वियाबाट आयात हुने गर्दछ । बुरुन्डीका अधिकांश भागमा मकै प्रमुख खाद्यान्न बालीको रूपमा चिनिन्छ । यसैगरी, यसको बोक्राहरू चौपायाको चारोको रूपमा प्रयोग गरिन्छ । बुरुन्डी निकै गरिब अफ्रिकी मुलुकहरूमध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्