भाग्यले अमूल्य ह्वेलको वान्ता भेटियो



 (एजेन्सी) ।
हालसालै थाइल्यान्डको समुद्री तटमा हिँड्ने क्रममा एकजना महिला एउटा भाग्यशाली चिजमा अल्झिएकी छन् । नाखोन सी थाम्मारातको समुद्री किनारामा हिँड्दै गर्दा ४९ वर्षिया सिरिपोर्न नियामिरिन नामक ती महिलाले अचानक बालुवामा केही अनौठो चिज देखेकी छन् ।

अलिअलि माछा माछा गह्नाउने त्यो चिज काम लाग्ला भन्ठानेर उनले घरमा लगिन् । दि सन् पत्रिकाका अनुसार यो घटना २३ फ्रेब्रुअरीमा भएको थियो । उनले छिमेकीलाई बोलाएर त्यो चिज के होला भनेर सोधिन् । त्यो चिज अरु केही नभएर एम्बर्गि्रस नामले पनि चिनिने ह्वेल माछाको वान्ता भन्ने थाहा पाएर उनी चकित परिन् ।

डेली मेलका अनुसार १२ इन्च चौडा र २४ इन्च लामो सो एम्बर्गि्रसको मूल्य विश्वको प्रचलित बजारअनुसार १ लाख ८६ हजार पाउन्ड पर्दछ । ह्वेलको वीर्य प्रणालीमा उत्पादन हुने एम्बर्गि्रस पफ्र्युम बनाउन प्रयोग गरिन्छ यसको प्रयोगको कारण सुगन्ध लामो समयसम्म टिक्ने हुनाले यसको मूल्य निकै महँगो भएको बताइन्छ । यस्तो वस्तु ह्वेलको वान्ता हो कि होइन भनेर जाँच्न आगोले पोल्ने गरिन्छ । तापमा पग्लने यस्ता वस्तु चिसिनासाथ पुनः ठोस र कडा बन्ने गर्छ ।नियामिरिन अहिले सही ग्राहकको पखाईमा रहेकी छन् । उनले महँगो दाममा यसलाई बेच्न सकिएको खण्डमा आफ्नो समुदायलाई मद्दत गर्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्