कोरोनाको पूरा डोज खोप लगाइसकेकाले मास्क फुकाल्न पाउने



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कोभिड–१९ विरूद्धको सम्पूर्ण चरणको खोप लिइसकेकाहरूले मास्कै नलगाइकन सामान्य ढंगले जीवनयापन गर्न सक्ने घोषणा गरेको छ । कोरोना भाइरससम्बन्धी सार्वजनिक गरिएको निर्देशिकामा तिनीहरूले निर्धक्कसँग अन्य खोप लगाइसकेका व्यक्तिहरू र केही खोप लगाउन बाँकिसँग पनि भेटघाट गर्न सक्ने उल्लेख गरिएको छ ।

सीडीसीका अनुसार खोपको अन्तिम डोज लगाएको दुई सातापछि मानिसहरू सुरक्षित भएको मानिन्छ । अहिलेसम्म तीन करोडभन्दा बढि अमेरिकी जनताले पूर्णरूपमा खोप लगाइसकेका छन् । सोमबार राष्ट्रपति भवन ह्वाइट हाउसको कोरोना भाइरस कार्यदलको बिफ्रिङको क्रममा स्वास्थ्य अधिकारीहरूले नयाँ सुरक्षा निर्देशिका घोषणा गरेका हुन् ।नयाँ नियमअनुसार पू र्ण रूपमा खोप लगाइसकेकाहरूले घरभित्र अन्य त्यसैगरी, खोप लगाइसकेकाहरूसँग मास्क नलगाइकन वा बिना कुनै सामाजिक दूरी कायम गरेर भेटघाट गर्न सक्छन् ।

साथै, तिनीहरूले कोभिड–१९ को संसर्गमा आए पनि लक्षणहरू देखा नपरूञ्जेले कोभिड परिक्षण गराउनु वा क्वारेन्टाइनमा बस्नु पर्दैन । तर, तिनीहरूलाई अनावश्यक यात्रा नगर्न र ठूलो भिडभाडमा नजाने सल्ला पनि दिइएको छ । साथै, तिनीहरूलाई सार्वजनिक स्थलमा भने मास्क लगाउने र सामाजिक दूरी कायम राख्ने जस्ता सुरक्षाका उपायहरूलाई निरन्तरता दिन निर्देशन दिइएको छ ।

साथै, सीडीसीले अझै पनि पूर्ण रूपमा खोप लगाइसकेकाहरूबाट पनि अन्यमा कोरोना भाइरस सर्नसक्ने खतरा बाँकि नै रहने पनि जनाएको छ । अहिले सम्म अमेरिकामा नौ करोडभन्दा बढिले कोभिडको खोप लगाइसकेको तथ्यांक छ । मोडर्ना र फाइजर–बायोएनटेक खोपलाई एकै डोजमा सकिने जोहन्सन एन्ड जोहन्सनको नयाँ खोपले साथ दिन थालेपछि खोप अभियानमा सहज महशुस हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्