कोरोनाका खोप लगाउनेको ज्यान गएपछि खोप कार्यक्रमै रोकियो



FILE PHOTO: A vial of Astra Zeneca coronavirus vaccine is seen at a vaccination centre in Westfield Stratford City shopping centre, amid the outbreak of coronavirus disease (COVID-19), in London, Britain, February 18, 2021. REUTERS/Henry Nicholls/File Photo

जुरिच, (एजेन्सी)  ।

अस्ट्रियन सरकारले एस्टा«जेनेकाको कोभिड–१९ खोप लगाइसकेकपछि एकजना मानिसको ज्यान जानुका साथै अन्य एकजना गम्भीर बिरामी परेपछि यस घटनाबारे गम्भीर छानबिन शुरू गर्दै खोप कायत्र्रmम नै रोकेको त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।

स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि संघीय कार्यालय (बिएएसजी) ले लोअर अस्ट्रिया प्रान्तको जिल्ला क्लिनिक ज्वेटलमा एस्ट्राजेनेका खोपको दुईवटा अप्रिय घटनाको सूचना प्राप्त भएको जनाएको छ सो खोप लगाएपछि अचानक बेस्सरी रगत बाक्लिने समस्या सिर्जना हुँदा ४९ वर्षीया नाम नखुलाइएकी महिलाको ज्यान गएको थियो ।यसैगरी, मुटुको समस्या देखिएका अर्का ३५ वर्षिया महिलाको अहिले उपचार भइरहेको बताइएको छ । तर, तिनीहरूको स्वास्थ्य समस्यासँग अहिलेसम्म खोपको स्पष्ट सम्बन्ध रहेको प्रमाणहरू भने भेटिएका छैनन् ।

अस्ट्रियन अखबार निदेरोएस्टेर्रिचिस्छे नाछि«छ्टेन, रोडियो ओआरएफ तथा एपिए समाचार निकायले ती दुवै महिला ज्वेटल क्लिनिकमा कार्यरत नर्स भएको बताएका छन् । बिएएसजीले खोपको अहिले सम्म थाहा हुन आएका साइड इफेक्टमध्ये रगत जम्नु नभएको तर खोपको सुरक्षाको सुनिश्चितता नभएसम्म खोप अघि नबढाइने पनि जनाएको छ । एस्ट्राजेनेका कम्पनीका एकजना प्रवक्ताले अहिले सम्म खोपको कारण प्रतिकूल असर परेको कुनै घटना नदेखिएको र सो खोप अत्यन्तै सुरक्षित र गुणस्तरीय भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्