लकडाउनका कारण प्रहरीसमक्ष आत्मसमर्पण



लन्डन, (एजेन्सी) ।

प्रहरीको अत्यधिक खोजीको सूचीमा रहेका एकजना पुरूषले कोरोना भाइरस महामारीको कारण जारी गरिएको लकडाउनको समय अन्य मानिसहरूसँग बस्नुभन्दा बरू कारागारमै बस्छु भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेको बेलायतकोे सञ्चार माध्यमले जनाएको छ ।प्रहरीले जेल जीवन नै शान्त र सौम्य भन्दै ती नाम नखुलाइएका पुरूषले बुधबार अपरान्ह बर्गेस हिल पुलिस स्टेसनमा आत्म–समर्पण गरेको जनाएको छ ।

सस्सेक्स प्रहरीका प्रहरी निरीक्षक डार्रेन टेयोरले यस अस्वाभाविक घटनाबारे ट्विटरमा पोस्ट गरेका हुन् ।उनले स्वेच्छाले कारागारमा संजाय भोग्ने निर्णय गरेको बताइएको छ । गत अक्टोबरमा सार्वजनिक गरिएको एक अध्ययन प्रतिवदेनले बेलायतका कुल जनसंख्या मध्ये ५३ प्रतिशतले कोरोना भाइरस महामारीलाई लिएर अन्य व्यक्तिहरूले गर्ने व्यवहारबाट आफूहरू आक्रोशित रहेको बताएको देखाएको थियो ।

किंग्स कलेज लन्डन र इप्सोस मोरीले गरेको सो मत सर्भेक्षण प्रतिवेदनमा झन्डै २५ प्रतिशत व्यक्तिले कोरोना नियम मान्ने वा नमान्ने विषयलाई लिएर आफूहरूको घर परिवार र साथीभाइहरूसँग मतभेद भएको बताएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्