एन्जेलिनाको स्वामित्वमा रहेको चर्चिलको पेन्टिङ ७० लाख पाउन्डमा बिक्री



लन्डन, (एजेन्सी) ।

बेलायतका पूर्वप्रधानमन्त्री सर विन्स्टन चर्चिलले तयार पारेको एउटा पेन्टिङ बेलायतको राजधानी लन्डनमा आयोजित एक लिलाममा सत्तरी लाख पाउन्डमा बिक्री भएको छ । सो पेन्टिङ हलिवुडका चर्चित अभिनेत्री एन्जेलिना जोलीको स्वामित्वमा रहेको थियो । बिक्रि हुनुअघि अनुमान गरिएको भन्दा चार गुणा बढि मूल्यमा सो पेन्टिङ बिक्री भएको सञ्चार माध्यमले जनाएको छ ।

यसअघि चर्चिलकै अर्को पेन्टिङ मात्र करिब अठार लाख पाउन्डमा लिलाम भएको थियो । एन्जेलिनाको स्वामित्वमा रहेको ‘दि टावर अफ कोटुबिया मस्क’ शीर्षकको पेन्ंिटङ एकजना अज्ञात कलाप्रेमीले खरिद गरेका हुन् । चर्चिलले यो पेन्टिङ दोश्रो विश्व युद्धका बेला तयार पारेका थिए ।लिलाम गृह क्रिस्टिजका प्रवक्ताले यो चर्चिलको सबैभन्दा उत्कृष्ट सिर्जना भएको बताएका छन् । साथै, प्रवक्ताले यो उनको युद्धकालीन एक मात्र कला भएको पनि जानकारी दिएका छन् । अत्यन्त शौखिन कलाकार चर्चिलले मोरोक्को शहरदेखि मोहित भएर सन् १९४३ मा क्यासाव्लानका सम्मेलनमा भाग लिइसकेकपछि यो तैलीय चित्र तयार पारेका थिए ।

उनले यो पेन्टिङ युद्धकालीन सहकर्मी नेता अमेरिकी राष्ट्रपति फ्रान्कलिन रूजवेलटलाई उपहारस्वरूप प्रदान गरेका थिए । एन्जेलिना जोलीले सन् २०११ म न्यु ओर्लियन्समा आयोजित लिलाममा यो पेन्टिङ किनेकी थिइन् । यो लगायत चर्चिलका अन्य दुईवटा पेन्टिङबाट क्रिस्टिजले कुल ९४ लाख ३० हजार पाउन्ड संकलन गरेका छन् ।राजनीतिमा प्रवेश गर्नुअघि सैनिक अधिकारी रहेका चर्चिलले ४० वर्षको उमेरमा चित्रकलाको थालनी गरेका थिए । एन्जेलिनाका पूर्वपति ब्राड पिट पनि कलाकृतिका शौखिन संग्रहकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्