हत्कडीसहित पौडेर नयाँ कीर्तिमान



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको भर्जिनिया निवासी एक पुरूषले गिनिज वल्र्ड रेकर्ड तोड्ने उद्देश्यले हातमा हतकडी लगाएर एउटा पौडी पोखरीमा ५ दशमलव ३५ माइल दूरी पौडेका छन् । ३२ वर्षीय बेन क्यात्जम्यानले किंग जर्ज वाइएमसिएको पौडी पोखरीमा ३ सय ४४ पटक पौडेर वारपार गरेका थिए ।

यसअघि, सन् २०१९ मा एल्ह्याम सादात आस्गारी नामक व्यक्तिले हत्कडी लगाएर ३ दशमलव ४१ माइल दूरी पौडेर गिनिज वल्र्ड रेकर्ड राखेका थिए । क्यात्जम्यानले आफ्नो यस नयाँ कीर्तिमानले गिनिज रेकर्ड मात्र नभई आफ्नै हतकडी लगाएर वा नलगाएर पौडेर बनाइएका थुप्रै पूर्व कीर्तिमान समेत तोडिएको बताएका छन् ।उनले औपचारिक मान्यताप्राप्त गर्न आफूले प्रमाणसहित यस पौडीको भिडियो गिनिज समक्ष पेस गरिसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्